Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

टीका- राजासँग भेट्ने र गुनासो पोख्ने अवसर

२७ आइतबार , आश्विन २०८१एक बर्ष अगाडि

टीका- राजासँग भेट्ने र गुनासो पोख्ने अवसर

२६ गते टीकाका दिन । पूर्वराजा ज्ञानेन्द्रले निर्मलनिवासमा सर्वसाधारणलाई लगाइदिए टीका । ४ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने पूर्व घोषित कार्यक्रमअनुसार नै टीका लगाउन सुरु भयो । पूर्वराजाले प्रेसलाई संक्षिप्त जानकारी दिए– सबै नेपालीलाई शुभकामना । म निजी भ्रमणमा भुटान गएको हुँ, यो निम्तो र सम्बन्ध नविकरणका लागि भुटानलाई धन्यवाद ।
त्यसपछि सुरु भएको टीका लगाइदिनेक्रम रातिसम्म चल्यो । सर्वसाधारणको लामो लाइनलाई क्रमैसँग पूर्वराजाबाट टीका लगाउन कार्य भयो ।
यो अवसरका लागि सर्वसाधारण कुरेर बस्ने गरेका छन् । एक त राजाको हातबाट टीका थाप्ने, अर्को आफ्ना गुनासा पनि पोख्ने ।
दशैंको यो अवसर यसकारण पनि महत्वपूर्ण रहेको छ ।
पत्रकार, कलाकार, समाजका सबै तह र तप्काका इच्छुकहरु राजासँग टीका लगाउन पुगेका थिए । दशैंमा मान्यजनबाट टीका लगाउने, परिवारका सबै सदस्य जम्मा हुने, सुखदुःख साट्ने नेपालको विशिष्ट परम्परा रहीआएको छ ।