Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सुभाषितसङ्ग्रह प्रकाशित भयो

२७ आइतबार , आश्विन २०८१एक बर्ष अगाडि

सुभाषितसङ्ग्रह प्रकाशित भयो

दाङ । साहित्यकार एकराज शर्मा अधिकारीको सुभाषितसङ्ग्रहको दाङ घोराहीमा लोकार्पण गरिएको छ । राप्तीसाहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार डा.गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । साहित्यकार पुष्प प्रकाश ज्ञवालीले विमोचित कृतिको समीक्षा गरेका थिए । समीक्षक ज्ञवालीले भने, ‘शुभाषित कृति मातापिताको संस्मरण र सम्मानसहित समाज, जीवन जगतको अथार्थता बोलेको पठनीय सङ्ग्रह हो ।
कार्यक्रममा डा. टीकाराम उदासी, लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा, सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष डा. लोकराज पराजुली, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, निवर्तमान अध्यक्ष दीपक शर्मा समीर, नेपाल बाल साहित्य समाज लुम्बिनी प्रदेशका अध्यक्ष सूर्य बिसी लोकदोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष गजेन्द्र बहकर्मी, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का, समानान्तर अनलाइनका सम्पादक छविपुरी गोरक्ष राष्ट्रिय दैनिकका सम्पादक लिलाधर ओली, पत्रकार वीरेन्द्र ओली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा साहित्यकार नारायण नेपाल, यज्ञबहादुर डाँगी, हरिप्रसाद पौडेल स्वर्णशिखा, दामोदर पौडेल, गोपाल भुसाल अभिलाषी, मधुसुदन गौतम, उमाकान्त पोखरेल, नगेन्द्र गुरु, हरिप्रसाद पाण्डे, अशोक खड्का, धनसिंह गिरी, निमानन्द रिजाल, महेश कुमार न्यौपाने, भोला अधिकारी, खेमराज गाउँले, हुकुम पुनमगर, वीरबहादुर राम्जा पुन, माधव देवकोटा, विप्लव अधिकारी, सुवाष न्यौपाने, तिलक न्यौपाने, देवेन्द्र रिजाल, कमला रिजाल, शिवा शर्मा, नमराज देवकोटा, रोशन पौडेल, वीणा रोका, सुशीला आचार्य, रिमा गौतम, शरदकुमार अधिकारी, गोकर्ण शर्मा, मिना आचार्य, नमराज अधिकारी,विष्णु अधिकारी, श्रीसन अधिकारी, सुसन अधिकारी लगायत साहित्यकार तथा साहित्यानुरागीसमेत उपस्थित थिए ।