Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दोलखामा बस दुर्घटना झन्डै डेढदर्जन घाईते

२३ बुधबार , आश्विन २०८१९ दिन अगाडि

दोलखामा बस दुर्घटना झन्डै डेढदर्जन घाईते

काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको बस देलाखामा दुर्घटना हुँदा झन्डै डेढदर्जन घाइते भएका छन् । प्रदेश ३–०१–००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको हो ।

लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर-८ बोचमा यात्रु बस दुर्घटना उक्त बस दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त बस ओखलढुङ्गाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको थियो । बस दुर्घटनाका घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ ।

त्यस्तै रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा हिँजो साँझ यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाडौंबाट मन्थली हुँदै सिन्धुलीको सुनकोशी गाँउपालिकास्थित अमारे जाँदै गरेको प्र ०१–००५–ख ९५७९ नम्बरको बस ब्रेक फेल हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।