Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

संखुवासभामा चामल अभाव

२३ बुधबार , आश्विन २०८१९ दिन अगाडि

संखुवासभामा चामल अभाव

संखुवासभा जिल्लाको उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । संखुवासभाको दुर्गम क्षेत्रमा रहेको उक्त डिपोमा वार्षिक खाद्यान्न कोटा ५०० क्विन्टल मात्र भएकाले चामल अभाव भएको हो ।

खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएपछि स्थानीयले अनुदानको चामल पाउन नसकेको बताईएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताएका छन् । डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिरोका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको समेत उनको भनाइ रहेको छ ।

भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनिया बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् भने चाँगामा पहिरो गएका कारण असोज १२ गतेदेखि आवतजावत रोक लगाइएको छ । उक्त भोटखेला क्षेत्रमा आलु र कोदो,फापर मात्र उत्पादन हुने गर्दछ ।