Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उपत्यका लगायत पश्चिमी भूभागबाट मनसुन बाहिरियो

२३ बुधबार , आश्विन २०८१९ दिन अगाडि

उपत्यका लगायत पश्चिमी भूभागबाट मनसुन बाहिरियो

देशको बिभिन्न भागमा बितण्ड मच्च्याएर काठमाडौँ उपत्यकालगायत देशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ । यस वर्षको मनसुन कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागका साथै काठमाडौँ उपत्यकाबाट मनसुन बाहिरिएको हो ।    

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन देशको पश्चिमी भूभागलगायत काठमाडौँ उपत्यकाका साथै मधेश प्रदेशका पश्चिमी भूभागका थोरै स्थानबाट पनि बाहिरिएको छ ।

अहिले पनि कोशी प्रदेशलगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भूभागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाको भनाई रहेको छ । त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत मधेस प्रदेश र बागमती प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको बतईएको छ ।

असोज २० गते सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट यस वर्षको मनसुन बाहिरिएको थियो । गत जेठ २८ गते नेपालमा यस वर्षको मनसुन भित्रिएकोमा यस वर्षको मनसुनले ठूलो जनधनको क्षति  पुर्‍याएको थियो ।