Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रसियन आरोहीको मृत्यु

२३ बुधबार , आश्विन २०८१९ दिन अगाडि

रसियन आरोहीको मृत्यु

धवलागिरि आरोहण गर्न गएका ५ रसियन आरोहीले ज्यान गुमाएका छन् । गत आइतवार रातिदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताएका छन् । आरोहण गर्न नसकिने तय गरेर फर्कने क्रममा आरोहीहरुको मृत्यु भएको हो । सोमबार दिनभर गरिएको खोजी असफल भए पनि गत मंगलबार बिहान उनीलाई मृत अवस्थामा भेटिएको थियो । स्रोत भन्छ– उनीहरु रसियाका चर्चित र अनुभवी आरोही थिए । यस वर्ष धवलागिरि आरोहणका अनुमति पाएका १४ मध्ये ७ जना आरोहण परित्याग गरेका थिए भने २ जनाले सफल आरोहण गरेका छन् । मौसम प्रतिकूल भएकाले आरोहीलाई आधार शिविर ल्याउन नसकिएको पर्यटन मन्त्रालयले भनेको छ ।