Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दसैँ बिदामा पनि मानव अधिकार आयोग खुला

२२ मंगलबार , आश्विन २०८११० दिन अगाडि

दसैँ बिदामा पनि मानव अधिकार आयोग खुला

दसैँ बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय खुला रहने भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश र प्रदेश शाखा कार्यालयहरू दसैँ बिदामा पनि खुला हुने भएको हो ।

आयोगले एक विज्ञप्तिमार्फत दसैँ बिदामा समेत कार्यालय बिहान ११ देखि दिउँसो २ बजेसम्म खुला रहने जनाएको छ । आयोग विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा आयोगले मानव अधिकार  उल्लंघन र ज्यादतीका घटनाहरूमा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर  प्रकृतिका घटनाहरूमा आकस्मिक अनुगमनसमेत गर्नेछ ।’