Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

काठमाडौंमा आजदेखि पुन: मेलम्चीको पानी आउने

२२ मंगलबार , आश्विन २०८१एक बर्ष अगाडि

काठमाडौंमा आजदेखि पुन: मेलम्चीको पानी आउने

वर्षायाम सुरु भएसँगै बन्द भएको मेलम्चीको पानी आज साँझादेखि पुनः काठमाडौं ल्याउन लागिएको छ । वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काठमाडौँमा पानी ल्याउन नसकिएकोमा मेलम्ची संघर्ष समितिसँग गएराति वार्तामा सहमति भएसँगै साँझदेखि पुनः काठमाडौं पानी ल्याउन लागिएको हो ।  

मेलम्ची संघर्ष समितिसँग गएराति १० बजे वार्ता भएको र उक्त वार्तामा सहमति भएसँगै काठमाडौंमा पुन: पानी ल्याउन लागेको हो । मेलम्चीको बाढीप्रभावितले राख्दै आएका माघ केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएको बताइएको छ ।

राति अबेरसम्म चलेको वार्तामा मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडक कालोपत्रेका लागि प्राथमिकतामा राखेर संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ । त्यस्तै बाढीले बगाएका मेलम्चीको पुल, चनौटेको रातोपुल, कात्तिके, घट्टेखोला, हल्दे, तिम्बु, नाकोते, तालामाराङ भट्टार, गोरेखोला र सर्कथलीको पुल निर्माणका लागि पहल गर्ने सहमति समेत भएको बताइएको छ ।

त्यसैगरी चिउरीखर्क, ओडारे, तिम्बु, ढोरोसिंह, थापाटार-भाङटार, महांकाल, तारूकेटार, ज्यामिरे, शेराचौकी, पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरबेसी झोलुङ्गे पुल निर्माणका लागि विशेष पहल गरी बजेट व्यवस्था गर्ने सहमति भएको छ । उक्त स्थानमा २०७८ असार १, साउन १६ र १७ गतेको भलबाढीले मेलम्ची नदी तटीय क्षेत्र तहसनहस पारेको थियो ।

यसअघि मेलम्ची क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा नराखी पानी पथान्तरण गरेको भन्दै बाढी प्रभावित स्थानीय संघर्षमा उत्रिएका थिए । उनीहरू बाढीबाट ज्यान गुमाएका हेलम्बु भेगका १४ जनलाई जनही १०-१० लाख रुपैयाँ दिनुपर्ने, बाढीबाट घरबास गुमाएकालाई आवास निर्माणका लागि तत्काल अनुदान दिनुपर्ने लगायत १७ बुँदे माग सहित आन्दोलनमा उत्रिएका थिए ।