Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनकपुरधाममा झिझिया महोत्सव हुने

२२ मंगलबार , आश्विन २०८११० दिन अगाडि

जनकपुरधाममा झिझिया महोत्सव हुने

जनकपुरधाममा बडा दशैंको अवसरमा यसवर्ष पनि लोकनृत्य झिझिया महोत्सव हुने भएको छ । अगामी बुधबार नव मिथिला फाउण्डेशनको आयोजनामा झिझिया महोत्सव हुने भएको हो ।

नव मिथिला फाउन्डेसनले हिँजो एक पत्रकार सम्मेलन गरी मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई संरक्षण गर्ने उद्देश्यले दोस्रो पटक झिझिया महोत्सव आयोजन गर्न लागेको बताएको छ । उक्त महोत्सवमा गाउँगाउँबाट झिझिया टोली सँगै दुइ स्थानीय विद्यालयका छात्राहरुको टोलिले भाग लिने बताईएको छ ।  

फाउन्डेसनका अध्यक्ष अमित कुमारकाअनुसार गतवर्ष झै यसपटक पनि ५ सय जना टाउकोमा घैँटा राखेर झिझिया नाच्ने छन् । जनकपुरको रेल्वे स्टेसनको प्राङ्गणमा हुने महोत्सवमा धनुषाधाम समूह,अप्पन मिथिला झिझिया समूह, मिथिलेश्वर झिझिया समूह,जनकपुरधाम वडानम्बर ४ र १२, हिमाली बोर्डिंग स्कुल र जनकपुर एकेडमी स्कुललगायतको झिझिया समुहलगायतले महोत्सवमा भाग लिने छन् ।