Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काठमाडौं–भैरहवा-काठमाडौं उडान गर्दै निगमको न्यारो बडी

२२ मंगलबार , आश्विन २०८११० दिन अगाडि

काठमाडौं–भैरहवा-काठमाडौं उडान गर्दै निगमको न्यारो बडी

हवाई यात्रुको चाप बढेपछी नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौंका लागि ठूलो विमानबाट उडान गर्ने भएको छ । बाढीपहिरोका कारण देशभर सडक संरचनामा क्षति पुगेपछि नेपालीको मुख्य चाड बडादशैँमा नागरिकको सुविधालाई मध्येनजर गर्दै निगमले काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्न लागेको हो ।

निगमले असोज २४ गते फूलपातीका दिन उडान गर्ने जनाएको छ भने त्यसदिन काठमाडौंबाट बिहान ११ : 00  बजे भैरहवातर्फ हुने उडानको एकतर्फी भाडादर सात हजार रुपैयाँ तोकिएको छ । त्यस्तै सोही दिन १२ : ३0 बजे भैरहवाबाट काठमाडौं उडान गर्ने त्यसको भाडा ३ हजार ८ सय कायम गरिएको निगमले जनाएको छ ।

उक्त न्यारो बडी विमानमा १ सय ५८ जना यात्रुले उडान गर्न सक्ने र निगमले यात्रुहरुले निगमको आन्तरिक बिक्री कार्यालय, निगमको वेवसाइट www.nepalairlines.com.np वा आफ्नो मोबाइलबाट अनलाइन टिकट लिन सक्ने समेत जनाएको छ ।