Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

मोतियाबिन्दु बिरामीको नि:शुल्क शल्यक्रिया

२२ मंगलबार , आश्विन २०८१२ बर्ष अगाडि

मोतियाबिन्दु बिरामीको नि:शुल्क शल्यक्रिया

गोरखा लायन्स आँखा सेवा केन्द्रले आँखा बिरामीको नि:शुल्क शल्यक्रिया गरेको छ । जिल्लाका विभिन्न पालिकाका १३ जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गरेको हो ।  

लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले शल्यक्रिया गरिएकामध्ये छ जना महिला र सात जना पुरुष रहेको बताएका छन् । त्यस्तै केन्द्रले गोरखा र पालुङटार नगरपालिका तथा बारपाक सुलिकोट र भीमसेन थापा गाउँपालिकामा आँखाका बिरामीका लागि शल्यक्रिया शिविर सञ्चालन गरेको थियो ।

गोरखा जिल्लाभित्रका विभिन्न समुदाय र विद्यालयमा पुगेर समयसमयमा समुदायस्तरमा लायन्स सेवा केन्द्रले निःशुल्क आँखा जाँच, औषधोपचार तथा चस्मा वितरण गर्दै आएको तथा शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर उपचार समेत गर्ने गरेको बताइएको छ ।