Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हराएका सवारी साधन सवारी धनीलाई हस्तान्तरण

२१ सोमबार , आश्विन २०८१११ दिन अगाडि

हराएका सवारी साधन सवारी धनीलाई हस्तान्तरण

देशका विभिन्न ठाउँ र समयमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन सवारी धनीलाई हस्तान्तरण गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमा उक्त हराएको सवारी साधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराका अनुसार १६ वटा मोटरसाइकल र १० वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका बताईएको छ । विभिन्न ठाउँ र मितिमा हराएका २६ वटा दुई पाङग्रे सवारी साधन आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।

विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा परिवर्तित नम्बर प्लेट राखेको अवस्थामा उपत्यकाको काँडाघारी, सानो ठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगन्ज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कलंकी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।