Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दशैं मनाउन गाउ फर्किनेको संख्या बढ्दो

२१ सोमबार , आश्विन २०८१११ दिन अगाडि

दशैं मनाउन गाउ फर्किनेको संख्या बढ्दो

नेपालीहरुको महान पर्व नजिकिएसंगै दशैं मनाउन गाउ फर्किनेको संख्या बढेको छ । दशैं मनाउन गाउ फर्किन थालेसंगै काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या बढेको हो ।

मानिसहरु दशैं मनाउन गाउ फर्किन थालेपछि अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल भएको छ । दसैँका लागि गाउ फर्किन थालेका कारण अहिले बिभिन्न नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ भने कतिपय ठाउँहरूमा सडक अवरुद्ध हुँदा यात्रुहरूलाई निकै सास्ती हुने गरेको छ ।

दशैं मनाउन असोज १४ गतेदेखि २० गतेसम्म ३ लाख ६३ हजार १ सय ६४ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अहिले बस तथा जहाजको टिकट पाउनै मुस्किल भएका कारण अधिकांश नागरिकहरू दसैँमा घर जान नपाएर काठमाडौँ उपत्यकामै रोकिने अवस्था रहेको छ ।

कतिपय यात्रुहरू दसैँका लागि महँगो मूल्य तिरेर बस तथा हवाई यात्रा गर्न बाध्य छन् भने कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाएर बसका बोनट तथा मुडामा बसेर यात्रा गर्न बाध्य छन् ।