Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपतिद्धारा दक्षिणकाली मन्दिरको दर्शन

२१ सोमबार , आश्विन २०८१११ दिन अगाडि

राष्ट्रपतिद्धारा दक्षिणकाली मन्दिरको दर्शन

नेपालीहरुको चाड बडादसैँको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेलले दक्षिणकाली मन्दिरको दर्शन गरेका छन् । आज बिहान दक्षिणकाली मन्दिर पुगेका राष्ट्रपति पौडेल र उनको धर्मपत्नी सविताले दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरि पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका हुन् ।

उक्त अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पुर्‍याएको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनः निर्माणमा सहयोग गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेका थिए । त्यसैगरी नगरपालिकाका प्रमुख बस्नेतले काठमाडौँ मकवानपुरको सडक छिटो पुनः निर्माण गरी निर्बाध यातायात सञ्चालनको हुनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने बताएका थिए । राष्ट्रपति मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

उपत्यकाको प्रमुख शक्तिपीठमध्ये काठमाडौँको दक्षिण भेगमा अवस्थित दक्षिणकाली नगरपालिकामा रहेको दक्षिणकाली मन्दिर एक मानिन्छ ।