Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुनकोशी नदीमा वेली ब्रिज जडान सुरु

२१ सोमबार , आश्विन २०८१११ दिन अगाडि

सुनकोशी नदीमा वेली ब्रिज जडान सुरु

असोज १२ गतेको अविरल वर्षापछि आएको बाढीले पूल बगाएपछी अहिले सुनकोशी नदीमा नेपाली सेनाले वेली ब्रिज जडान कार्य सुरु गरेको छ । बाढीले क्षेती पुर्‍याएको सुनकोशी नदीमा नेपाली सेनाले वेली ब्रिज जडान कार्य सुरु गरेको हो ।

उक्त बाढीले सुनकोशी नदीको रामेछापतर्फ रहेको पक्की पुलको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध बनाएको थियो । सिन्धुली जिल्लाको गोलन्जोर, खुर्कोट र रामेछाप जिल्ला,जोड्ने बि.पि. राजमार्ग र पुष्पलाल राजमार्ग बीचमा रहेको सुनकोशी नदीको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाई आवागमन पूर्णरुपमा अवरुद्ध भएको थियो ।

उक्त पूलामा आवागमन सुचारु गर्न असोज १९ गते शनिवारदेखि खट्टिएको प्राविधिक सहितको नेपाली सेनाको टोलीले  असोज २० गते आइतबारबाट वेली ब्रिज जडान कार्य सुरु गरेको छ । नेपालीहरुको महान चाड बडादशैंमा घर फर्किने यात्रुहरुको अवस्थालाई मध्यनजर गर्दै आवतजावतमा सहजीकरण गर्नका लागि वेली ब्रिज जडान कार्य सुरु गरिएको बताईएको छ ।