Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आज विश्व बसोवास दिवस मनाइँदै

२१ सोमबार , आश्विन २०८१११ दिन अगाडि

आज विश्व बसोवास दिवस मनाइँदै

आज विविध कार्यक्रमको आयोजना गर्दै विश्व बसोवास दिवस मनाइँदै छ । दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विविध कार्यक्रमको आयोजना गर्दै मनाउन लागिएको हो ।  

यो दिवस सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र संघिय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा  मनाउन थालिएको थियो । नेपालमा सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको हो ।  सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।

यस वर्षको विश्व बसोवास दिवस ‘कर्मशील युवा : समुन्नत सहर’ भन्ने नाराका साथ मनाउन लागिएको विश्व बसोवास दिवस २०८१ मूल तयारी समितिले जनाएको छ । आज सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याबिट्याटको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

दिगो विकास लक्ष्यको १.१ ले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको र दिगो सहरीकरण र समृद्ध अर्थतन्त्रलाई मूलमन्त्र मानेर मन्त्रालय तथा विभागले सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, सहरी करिडोर आयोजना, नयाँ सहर आयोजनामार्फत विभिन्न स्थानीय तहमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु कार्यान्वयन गर्दै आएको छ ।

विभागका अनुसार दिवसका अवसरमा आज यस क्षेत्रका विज्ञले कार्यपत्र प्रस्तुत गर्ने गरी कार्यशाला आयोजना गरिने जनाएको छ । उक्त अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले विविध कार्यक्रम आयोजना गरेको दिवस मूल समारोह समितिले जनाएको छ ।

‘कर्मशील युवा : समुन्नत सहर’ भन्ने यस वर्षको नारामा आधारित रहेर सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल कार्यक्रम आयोजना हुने विभागले जनाएको छ ।