Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपको ५ करोड सहयोग

२१ सोमबार , आश्विन २०८१११ दिन अगाडि

प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपको ५ करोड सहयोग

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परि पिडित बनेकाहरुका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमइ बैंक, आइएमइ ग्रुप र आबद्ध कम्पनीले ५ करोड सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ करोड रकमको चेक हस्तान्तरण गरेको हो ।

ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । अहिलेसम्म बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा जम्मा भएको रकम मध्ये उक्त सहयोग रकम सबैभन्दा बढी हो ।

त्यस्तै कोषमा नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख, एनएमबी बैँकका अध्यक्ष मनोज गोयलले ५१ लाख र मेटलाइफ इन्स्योरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले २५ लाख हस्तान्तरण गरेका थिए । अहिलेसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम १० करोड २६ लाख पुगेको छ ।