Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गोरखाली गुराँस सार्वजनिक

२१ सोमबार , आश्विन २०८१२ बर्ष अगाडि

गोरखाली गुराँस सार्वजनिक

नयाँ कृति गोरखाली गुराँस सार्वजनिक भएको छ । कृतिकार हुन् सुशीला ढकाल अधिकारी । नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा यो कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवश, साहित्यकारहरु प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्दुप्रकाश नेपाल, उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली, डा. छायादत्त नौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गायक शिशिर योगी आदिको उपस्थितिमा यो कृति सार्वजनिक गरिएको हो ।
प्रकाशक भुँडीपुरा प्रकाशन हो । साहित्यिक रचनाकारका बारेमा वरिष्ठ कवि तुलसी दिवशले आलोचनात्मक टिप्पणी गरेका थिए भने कृतिको साङ्गोपाङ्गो विश्लेषण नहुँदा कार्यक्रममा प्रशंसा बढी भएको धेरैको अनुभव थियो । कृतिबारे भन्दा पनि कृतिकारको जन्मदिन भएकाले सबैले शुभकामना दिन भने पछि परेनन् ।
आफ्नै संस्थामा आवद्ध कविलाई संस्थापक राजन न्यौपाने सम्मान गरेको दृश्य पनि रमाइलै थियो । – सम्वाददाता ।