Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बालबालिकाको निःशुल्क आँखा परीक्षण हुने

२० आइतबार , आश्विन २०८११२ दिन अगाडि

बालबालिकाको निःशुल्क आँखा परीक्षण हुने

नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसको अवसर पारेर बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । संघले असोज २३ गते देशभर रहेका सञ्जालमार्फत बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएकाे हाे ।

देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा १ सय ६० आँखा उपचार केन्द्रबाट १५ वर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने संघका महासचिव भरतबहादुर चन्दले जानकारी दिएका छन् ।

विश्वभरि नै बालबालिकामा दृृष्टिदोषको समस्या बढिरहेकाले पनि यसपटक बालबालिकाको आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेर विश्व दृष्टि दिवस मनाउन लागिएकाे संघले जनाएकाे छ । नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको र जसमध्ये करिब सात लाख बालबालिका अझैपनि दृष्टिदोषको उपचारबाट बञ्चित रहेका बताइएकाे छ ।

यसवर्ष‘बालबालिको आँखालाई विशेष ख्याल गरौँ’ भन्ने नाराका साथ मनाउन लागिएकाे उक्त दिवस विश्व स्वास्थ्य सङ्गठन तथा अन्धोपन न्यूनीकरण कार्यमा सङ्लग्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको छाता सङ्गठन इन्टरनेसनल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आइएपिबी)ले संयुक्त रूपमा मनाउन सुरु गरेका हुन् । अक्टोवर १० तारिखका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी याे दिवस मनाइँदैछ ।