Advertisement Banner
Advertisement Banner

०९ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

तत्काल ठूलो वर्षा नहुने

२० आइतबार , आश्विन २०८१एक बर्ष अगाडि

तत्काल ठूलो वर्षा नहुने

मुलुकभर मनसुनी वायुको प्रभाव रहेकाले तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको कारण माैसममा आंशिक प्रभाव रहेको भएता पनि तत्काल ठूलाे वर्षाकाे सम्भावना नरहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रहेकाे र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पनि विभागकाे भनाइ रहेकाे छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी लगायतका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै,राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताइएकाे छ । हाल मनसुन क्रमशः क्षीण हुँदै गएकाले तत्काल ठूलाे वर्षाकाे सम्भावना नभएकाे पनि विभागकाे भनाइ रहेकाे छ ।