Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढीपहिरा अपडेट : मृत्यु हुनेको संख्या २४४ पुग्याे

२० आइतबार , आश्विन २०८११२ दिन अगाडि

बाढीपहिरा अपडेट : मृत्यु हुनेको संख्या २४४ पुग्याे

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरामा परि मृत्यु हुनेको संख्या २ सय ४४ पुगेको छ । गृह मन्त्रालयकाे पछिल्लाे अपडेटअनुसार उक्त विपद घटनामा परि १९ जना बेपत्ता छन् भने १ सय ७९ जना घाइते भएका छन् ।

देशकाे विभिन्न भागमा आएकाे बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको र सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास भइरहेकाे मन्त्रालयकाे भनाइ रहेकाे छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीकाे अनुसार बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको बताइएकाे छ । विवरण प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुने समेत उनको भनाइ रहेकाे छ भने विपदजन्य घटना बाढीपहिरामा परेर सबैभन्दा धेरै काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ ।

हालसम्म सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको बताइएकाे छ । सरकारले प्रदान गरेकाे उक्त सहायता रकम हालसम्म १ सय ६० परिवारले पाइसकेकाे पनि प्रवक्ता तिवारीले जानकारी दिएका छन् ।