Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चलचित्रका महत्त्वपूर्ण दृश्य सामाजिक सञ्जालमा अपलोड नगर्न बोर्डको चेतावनी

२० आइतबार , आश्विन २०८११२ दिन अगाडि

चलचित्रका महत्त्वपूर्ण दृश्य सामाजिक सञ्जालमा अपलोड नगर्न बोर्डको चेतावनी

चलचित्र विकास बोर्डले मोबाइलबाट फिल्मका महत्त्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा अपलोड नगर्न दर्शकलाई सूचित गराएको छ । हाल मुलुकका हलमा प्रदर्शनरत नेपाली चलचित्रको मुख्य–मुख्य अंशको भिडियो सामाजिक सञ्जालभर भाइरल भएकोमा ध्यानाकर्षण जनाउँदै बोर्डले उक्त कार्य नगर्न सूचित गराएको हो ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै चलचित्रको मुख्य अंशको अनाधिकृत दुरुपयोगबाट निर्माताको लगानी तथा यसमा सम्बद्ध सम्पूर्ण मेहेनत डुब्ने बताएको छ । अर्काको सिर्जना तथा सम्पत्तिको गैरकानूनी रुपमा विभिन्न डिजिटल माध्यमबाट अपलोड गर्नु कानूनी रुपमा दडनीय अपराध रहेको समेत बोर्डले स्मरण गराएको छ ।

‘यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले, चलचित्र घरभित्र मोबाइल, क्यामेरालगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामग्रीहरुको प्रयोग नगर्नु नगराउन सूचित गरिन्छ ।’