Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्वराजाले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

१८ शुक्रबार , आश्विन २०८११४ दिन अगाडि

पूर्वराजाले विजया दशमीमा सर्वसाधारणलाई टीका लगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । उनको संवाद सचिवालयले आज सूचना जारी गर्दै पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहले आगामी असोज २६ गते विजया दशमीका दिन निर्मल निवासमा अपरान्ह ४ बजे टीका लगाइदिने जानकारी गराएको छ ।

सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहबाट विजया दशमी पर्वका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारण सबैलाई अपरान्ह ४ बजे टीका बक्सने कार्यक्रम रहेको छ।’