Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढीपहिरोबाट २३९ जनाको मृत्यु

१८ शुक्रबार , आश्विन २०८११४ दिन अगाडि

बाढीपहिरोबाट २३९ जनाको मृत्यु

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरामा परी २ सय ३९ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको पछिल्लो अपडेटअनुसार उक्त बाढीपहिरोमा परि   १९ जना अझै बेपत्ता छन् भने १ सय ७७ जना घाइते भएका छन् ।

सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएर अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायात सञ्चालनका लागि प्रयास गरिरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

प्रवक्ता तिवारीकाअनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १ सय ३१ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको कार्य भईरहेको बताईएको छ । बाढी पहिरोका कारण जनधनको ठूलो क्षेती हुनुका साथै नजिकिएको चाड दशैंको बेला आवतजावतका लागि सडक अवरुद्ध हुँदा आम नागरिक निरास बनेका छन् ।