Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ सुरु

१८ शुक्रबार , आश्विन २०८११४ दिन अगाडि

पशुपति क्षेत्रमा ‘सत्रौँ नवरात्री महा–महोत्सव’ सुरु

हिन्दु धर्मावलम्बीहरुको पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा बडादसैँको अवसर पारेर ‘सत्रौँ नवरात्री महा–महोत्सव’ सुरु भएको छ । असोज १७ गते बिहीबारदेखि ‘सत्रौँ नवरात्री महा–महोत्सव’ सुरु भएको हो ।

पशुपति क्षेत्रमा श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दु संस्कृति परिषदद्धारा आयोजित ‘सत्रौँ नवरात्री महा–महोत्सव’ असोज २५ सम्म सञ्चालन हुने बताईएको छ । महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ ।

उक्त महोत्सवको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवर्धनका निम्ति महोत्सव उपयोगी हुने बताउदै धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावना अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै परिषद्का अध्यक्ष रामसोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानको माध्यमबाट धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताएका थिए ।

उक्त महोत्सवमार्फत धर्मशाला निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य रहेको समेत परिषद्का अध्यक्ष नायकले बताएका छन् । महाआरती विशेष गर्दै उद्घाटन गरिएको महोत्सवमा प्रत्येक दिन दुर्गा माताको प्रवचन तथा भजनकीर्तन गरिने बताईएको छ ।