Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालबाट बंगलादेश विद्युत् व्यापार सम्झौता

१८ शुक्रबार , आश्विन २०८११५ दिन अगाडि

नेपालबाट बंगलादेश विद्युत् व्यापार सम्झौता

१७ असोज, काठमाडौं । बंगलादेश विद्युत् निर्यातको बाटो औपचारिक रुपमा खुलेको छ । नेपाल, भारत र बंगलादेशका तीन कम्पनीबीच विद्युत् बिक्री सम्झौता काठमाडौंमा सम्पन्न भएसँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो । नेपालले तीन वर्षदेखि नै भारतमा विद्युत निर्यात गर्दै आएको छ । भारतबाट भने निर्यातभन्दा बढी आयात पनि गरिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभपलमेन्ट बोर्ड बीपीडीबी र भारतको एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएन बीच त्रिपक्षीय ऊर्जा बिक्री सम्झौता पीएसए सम्पन्न भएको हो । नेपालले पहिलो चरणमा ४० मेगावाट निर्यात गर्नेछ ।
नेपालले विद्युत् बिक्री गर्ने, भारतको प्रसारण लाइन हुँदै लैजानुपर्ने र बंगलादेशले त्यो खरिद गर्ने भएकाले तीन देशका निकायबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङ, बीपीडीबीका अध्यक्ष मो. रेजुल करिम र एनभीभएनकी सीईओ रेनु नारंगले सहमति गरेका हुन् । हस्ताक्षर कार्यक्रममा ऊर्जा मन्त्री दिपक खड्का र बंगलादेशकी जलस्रोतमन्त्री सैयदा रिजवाना हसन र भारतका राजदूत नवीन श्रीवास्तव उपस्थित थिए । नेपालले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिटका दरले बंगलादेशको बीपीडीबीलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ह्विलिङ चार्ज भने बंगलादेशी कम्पनीले तिर्नेछ ।