Advertisement Banner
Advertisement Banner

१० आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कृत्रिम अभाव वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने

१७ बिहिबार , आश्विन २०८१एक बर्ष अगाडि

कृत्रिम अभाव वा मूल्यवृद्धि गरे कडा कारबाही गरिने

बजारमा केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव नरहेकाले कोही कसैले बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव वा मूल्यवृद्धि गरे कडा कारबाही गर्ने चेतावनी दिइएको छ । विपत्जन्य अवस्थाको मौका छोपेर कसैले उक्त कार्य गरेमा कडा कारबाही गर्ने चेतावनी दिइएको हो ।

नेकपा (एमाले) युवा विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार बुझाएको ज्ञापनपत्र बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपत्जन्य अवस्थामा कोहि कसैले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव वा मूल्यवृद्धि गरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले विपत्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको अभाव नरहेको बताएका छन् ।

मन्त्री भण्डारीले दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन मन्त्रालयले देशका ४४ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको समेत जानकारी गराएका छन् । उनले काठमाडौँमा छिमेकी जिल्लाहरूबाट आउने तरकारीमा वर्षाले नोक्सान गरेको र बाढीपहिरोका कारण बाटो बन्द भएकाले तरकारी आयात हुन नसकेकाले समस्या भएर केही मूल्य वृद्धि भएको बताए ।

मन्त्री भण्डारीले अहिले दैनिक उपभोग्य वस्तुको मूल्य घटेको जनाउँदै बजारमा कोही कसैले अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा कालोबजारी तथा मूल्यवृद्धि गरे वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाइन नं. ११३७ मा खबर गर्न समेत आग्रह गरेका छन् ।