Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दसैँमा रात्रिकालीन हवाई उडान हुने

१७ बिहिबार , आश्विन २०८११५ दिन अगाडि

दसैँमा रात्रिकालीन हवाई उडान हुने

अविरल वर्षाका कारण सडक मार्गमा समस्या भएपछी सरकारले रात्रिकालीन हवाई उडान सञ्चालन गर्ने भएको छ । हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने भएको हो ।  

सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका छन् । मन्त्री पाण्डेले चाडपर्वमा यात्रुलाई हवाई टिकटमा सहजता र भाडामा न्यूनता ल्याउनेगरी रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताएका हुन् ।

बाढीपहिरो तथा चाडपर्वका कारण सिर्जित बढ्दो हवाई चापलाई सम्बोधन गर्न घटस्थापनादेखि असोज ३० गते पूर्णिमाको दिनसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल र पोखरालगायत विमानस्थलमा रात्रिकालीन उडानको व्यवस्था मिलाएको पनि मन्त्री पाण्डेको भनाई रहेको छ ।

मन्त्री पाण्डेले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ : ३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने समेत जानकारी दिएका छन् ।

यसअघि असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी ५ सय ५९ उडान भएको र उक्त उडानमार्फत सोही दिन ३५ हजार ७ सय ४ जनाले हवाईयात्रा गरेका थिए ।