Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढीपहिरामा मृत्यु हुनेको संख्या २३३ पुग्यो

१७ बिहिबार , आश्विन २०८११५ दिन अगाडि

बाढीपहिरामा मृत्यु हुनेको संख्या २३३ पुग्यो

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरामा परी २ सय ३३ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको पछिल्लो अपडेटअनुसार उक्त बाढीपहिरोमा परि  २२ जना अझै बेपत्ता छन् भने १ सय ६९ जना घाइते भएका छन् ।

बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १ सय २० जनाको उद्धार गरिएको बताईएको छ । सरकारले उद्धार र सहायता परिचालनलाई उच्च प्राथमिकता दिएर अवरुद्ध राजमार्ग मर्मतसम्हार गरी यातायात सञ्चालनका लागि प्रयास गरिरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् ।

दशैको मुखमा आएको बाढी पहिरोका कारण जनधनको ठूलो क्षेती हुनुका साथै राजमार्गहरु बिग्रिएकाले आम नागरिक निरास बनेका छन् ।