Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बिहानैदेखि वर्षा सुरु,दिउसो भारी वर्षाको सम्भावना

१७ बिहिबार , आश्विन २०८११५ दिन अगाडि

बिहानैदेखि वर्षा सुरु,दिउसो भारी वर्षाको सम्भावना

आज बिहानैदेखि देशका बिभिन्न भू-भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली भएको छ ।

आज दिउसो दिउँसो धेरै वर्षाको सम्भावना रहेको र राती समेत वर्षा हुने विभागले जनाएको छ । केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको बताईएको छ ।  

अहिले कोसी र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ भने गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । त्यस्तै कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागको भनाई रहेको छ ।

दिउँसो कोसी, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशभर मनसुनी वायु र भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा परिवर्तन आएको हो ।