Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजदेखि बडा दशैँ सुरु, घरघरमा जमरा राखिदै

१७ बिहिबार , आश्विन २०८११५ दिन अगाडि

आजदेखि बडा दशैँ सुरु, घरघरमा जमरा राखिदै

हिन्दु धर्मावलम्बीहरुको महान् चाड बडा दशैँ आजदेखि सुरु भएको छ । आज बडा दशैँको पहिलो दिन घटस्थापनासहित घरघरमा जमरा राखेर नवदुर्गाको पूजा आराधना गर्दै बडा दशैँ मनाउन सुरु गरिन्छ ।

आज बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज नजिकको नदी वा चोखो स्थलबाट बालुवा,माटो ल्याई गाईको गोबरले लिपपोत गरेर पूजा कोठामा जमरा राख्ने परम्परा रहेको छ ।

धार्मिक परम्परा अनुसार आज घरको पूजा कोठा वा दशैँ घरमा घटस्थापना गरिने र आज स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी दशौं दिन मान्यजनको हातबाट विजयादशमीको टीका र जमरा लगाउने परम्परा रहेको छ ।