Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आजबाट सोह्रश्राद्ध सक्किदै, भोलिदेखि बडा दशैं सुरु

१६ बुधबार , आश्विन २०८११६ दिन अगाडि

आजबाट सोह्रश्राद्ध सक्किदै, भोलिदेखि बडा दशैं सुरु

असोज २ गतेदेखि सुरु भएको सोह्रश्राद्ध आजबाट सक्किदै छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने सोह्रश्राद्ध आजबाट सक्किन लागेको हो ।

यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध कुनै कारणवश रोकिएको भए आज गर्नुपर्ने शास्त्रीय मत रहेको पाईन्छ ।  कुनै कारणवश श्राद्ध रोकिएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने समेत शास्त्रीय मान्यता छ ।

आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन पितृपक्षको विधिवत् रुपमा समापन भएसंगै भोलिदेखि दुर्गापक्ष बडा दशैं अर्थात् नवरात्र सुरु हुनेछ । 

घटस्थापना अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजा गरिने धार्मिक परम्परा रहेको छ । नवरात्रीलाई ‘असत्य माथि सत्यको विजय’को प्रतिकको रुपमा हर्षोल्लासको साथमा दुर्गा भगवती पूजा आजा गरि मनाइन्छ ।