Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बालमन्दिरको मुद्दा

१६ बुधबार , आश्विन २०८११६ दिन अगाडि

बालमन्दिरको मुद्दा

प्रकाशमान सिंहलाई मन्त्री बनाएपछि एकाएक बालमन्दिरका जग्गा भ्रष्टाचार काण्ड सामसुम बनेको छ . बालमन्दिरमा सबैभन्दा बढी भ्रष्टाचार प्रकाशमान सिंहकी दिदी कार्यकारी हुँदा भएको भन्ने रहेको छ . यही विषयको उठान गर्दै सिंहलाई मिश्रको प्रहार– बालमन्दिरमा दिदी बचाउन खोज्नेलाई चुनाव नहराई छोड्दिन र मिश्र राप्रपाका उपाध्यक्ष हुन्, उनले हालै प्रचण्डलाई भेटेर प्रचण्डले राजतन्त्र फर्काउन सक्ने संकेत गरेका थिए, जुन कुराको प्रचण्डले नकारेका छन् .
मिश्रले अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ नगर्न चेतावनी दिएका छन् र उनले दिदी बचाउनलाई ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ भनेर बालमन्दिर मुद्दाको उठान गरेका छन् र मिश्रको भनाई छ– ‘जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ र यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला र’ मन्त्री सिंह मौन छन् .