Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्वी भू–भागमा वर्षाकाे सम्भावना सतर्कता अपनाउन आग्रह

१६ बुधबार , आश्विन २०८११७ दिन अगाडि

पूर्वी भू–भागमा वर्षाकाे सम्भावना सतर्कता अपनाउन आग्रह

आज देशकाे केहि भू–भागमा बिहानैदेखि वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ । देशकाे पूर्वी भू–भागकाे कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एकदुई स्थानमा भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे हाे ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशकाे पश्चिमभन्दा पूर्वी भू–भागमा वर्षाको सम्भावना रहेको र रातिभन्दा दिउँसो धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ । विभागका अनुसार दिउँसो कोसी, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनुका साथै कोसी प्रदेशका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाे विभागकाे भनाइ रहेकाे छ ।

त्यसैगरि राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । अहिले पनि देशभर मनसुनी वायुको प्रभाव रहेकाे र भारतको उत्तरपूर्व असाम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालमा वर्षा भइरहेको विभागले जनाएकाे छ ।