Advertisement Banner
Advertisement Banner

११ सोमबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रस्तावित न्यायाधीशद्धयविरुद्ध उजुरी आह्वान

१५ मंगलबार , आश्विन २०८१२ बर्ष अगाडि

प्रस्तावित न्यायाधीशद्धयविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी मागिएको छ । संघीय संसदको संसदीय सुनुवाई समितिले आज सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्धय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो । प्रस्तावित न्यायाधीशद्धय नियुक्तिका लागि उपयुक्त छैन भन्ने कसैलाई लागेमा आगामी दश दिनभित्र सूचना वा उजुरी दर्ता गराउन भनिएको छ ।

सूचनामा उल्लेख छ, ‘देहाय बमोजिमका व्यक्तिहरुलाई देहाय बमोजिमको पदमा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाई हुन समितिमा पत्र प्राप्त हुन आएकोले उक्त पदमा उहाँहरुलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एंव सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले दश दिनभित्र कार्यालय समयमा इमेल ठेगाना वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन जानकारी गराइन्छ ।’

सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन, फोज नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने वा निजले चाहेमा नाम गोप्य समेत राख्न सकिने समितिले जनाएको छ ।