Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दसैँको टीकाको साइत सार्वजनिक

१५ मंगलबार , आश्विन २०८११७ दिन अगाडि

दसैँको टीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितीले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि टीकाको साइत सार्वजनिक गरेको हो ।

समितिको विज्ञप्ति अनुसार नेपालमा असोज २६ गते बिहान ११ बजेर ३६ मिनेट जाँदा टिकाको साइत रहेको बताईएको छ । त्यसैगरि भारतमा असोज २६ गते अर्थात (१२ अक्टोबर २०२४) मा बिहान ११ बजेर ४२ मिनेटमा साइत रहेको छ ।

यसैगरी समितिले अमेरिकाको न्यूर्योकमा असोज २६ गते अर्थात (१२ अक्टोबर २०२४) मा १० बजेर ०१ मिनेट जाँदा टोकियो जापानमा १३ अक्टोबरमा ११ बजेर ३५ मिनेटमा र अष्ट्रेलियाको सिड्नीमा १३ अक्टोबरमा ११ बजेर २१ मिनेटमा साइत रहेको उल्लेख गरेको छ ।