![दाउन्नेको सडकमा एकतर्फी यातायात सञ्चालन](/_next/image?url=https%3A%2F%2Fwww.nepaltoday.com.np%2Fbackend%2Fuploads%2Fsadak_94fa3f91b4.jpg&w=3840&q=75)
हिँजो साँझ पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि पूर्ण रूपमा अवरुद्ध बनेको सडकमा आज बिहान ९ : ०० बजेदेखि एकतर्फी यातायात सञ्चालनमा आएको छ । सडक अवरुद्ध भएर यात्री अलपत्र परेपछि गएराति ११ : ०० बजेदेखि नै सडक मर्मतको काम सुरु गरिएकोमा आज बिहान एकतर्फी यातायात सञ्चालनमा आएको हो ।
दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् । सूचना अधिकारी बोहराकाअनुसार सडक मर्मतलाई निन्तरता दिएर दुईतर्फी सञ्चालन गर्ने तयारी रहेको बताइएको छ ।
सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका सम्पूर्ण टोली उक्त स्थानमा पुगेर सडक मर्मत कार्य सुरु गरेका बताइएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित दाउन्ने जंगलमा पूर्वपश्चिम मुख्य राजमार्ग भासिएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।