Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढी पहिरोबाट २ सय १७ जनाको मृत्यु

१५ मंगलबार , आश्विन २०८११८ दिन अगाडि

बाढी पहिरोबाट २ सय १७ जनाको मृत्यु

असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परि हालसम्म २ सय १७ जनाले ज्यान गुमाएका छन् । उक्त बाढी पहिरोमा परि २८ जना बेपत्ता छन् ।

उक्त प्राकृतिक विपद्मा परि १ सय ४३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि बताएको छ ।

हाल बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् । त्यस्तै सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले जानकारी दिएका छन् ।