Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इन्धनको मूल्य घट्यो

१५ मंगलबार , आश्विन २०८११८ दिन अगाडि

इन्धनको मूल्य घट्यो

गएराति १२ बजेपछि लागु हुनेगरी नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर क्रमशः १ रुपैयाँ र २/२ रुपैयाँ घटाइएको हो ।

चाडपर्व नजिकिएसँगै निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५ रुपैयाँ घटाएको हो । त्यस्तै एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएकोमा चाडपर्वलाई लक्षित गरी हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गर्दै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने समेत जनाएको छ । मूल्य घटेपछि पहिलो बर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।

त्यस्तै दोश्रो बर्ग सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ भने तेश्रो बर्ग काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।

निगमका अनुसार आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको बताईएको छ ।