Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जब प्रविधिले नै हत्याको सुरूवात गर्छ

१५ मंगलबार , आश्विन २०८११८ दिन अगाडि

जब प्रविधिले नै हत्याको सुरूवात गर्छ

अलेक्जेन्डर दुगिन (अनुवादकः मोहनप्रसाद ज्ञवाली) -  -  -  -
लेबनानमा पेजर, रेडियो, फोनहरू र यहाँसम्म कि घरेलु उपकरणहरू समेत विस्फोट हुने अवस्थाका धेरै आयामहरू छन् । जसमा म यहाँ तीनवटा सबैभन्दा महत्त्वपूर्ण पक्षहरूमा ध्यान केन्द्रित गर्नेछु । सबभन्दा पहिलो, जे भएको छ त्यो मात्र इजरायलले गरेको सामूहिक आतंकवादको मामिला हो । इजरायलले गाजामा जे गरिरहेको छ, त्यस पछि, यस्तो लाग्न सक्छ कि अरू कुनै कुराले हामीलाई अब आश्चर्यचकित गर्न सक्दैन । तर होइन, हामी फेरि चकित भयौं । यो सामूहिक आतंकको कार्य मात्र हिजबुल्लाह विरूद्ध थिएन, समग्रमा लेबननी जनताविरूद्ध लक्षित थियो । हजारौं पेजर, रेडियो र फोनहरू, जून प्रविधिमा बच्चाहरूको पनि पहुँच थियो, त्यहाँ पनि विस्फोट भयो ।
अब, इजरायललाई एक आतंकवादी राज्य रूपमा बाहेक अरू भन्न गाह्रो छ । त्यस्तै, अमेरिकालाई र त्यहाँको डेमोक्र्याटिक शक्तिलाई पनि भन्नुपर्छ, जसले इजरायलको आतंकवादी क्रियाकलापलाई पूर्ण समर्थन गर्छन् । यो स्पष्ट सङ्केत हो कि जो अहिले पनि बुझ्दैनन्, जहाँ हत्यारा र पागलहरूले नियन्त्रित वैश्विक अधिनायकवादी शक्तिको युगमा बाँचिरहेका छौं । यी मानिसहरू मानव–विरोधी विचारधारा बोकेका छन् । एक थप टिप्पणीका रूपमा, यस विचारधाराका प्रतिपादक मध्ये एक स्रष्टा, इजरायली दार्शनिक युभल हरारीले खुला रूपमै घोषणा गरेका छन्; 
‘सत्ता कृत्रिम बुद्धिमत्तामा हस्तान्तरण गरिनुपर्छ, प्रविधिले संसारलाई शासित गर्नुपर्छ, र त्यसैअनुसार मानवता विनाश गरिनुपर्छ ।’
यो कुनै संयोग मात्रै होइन कि इजरायल र युक्रेन, दुई आतंककारी राष्ट्रहरूलाई मुख्य आतंककारी राष्ट्र संयुक्त राज्य अमेरिकाले संरक्षण र समर्थन गर्दछ ।
दोस्रो अत्यन्त महत्त्वपूर्ण पक्ष प्रविधि हो । जब हामी प्रविधिको विकास र डिजिटलिकरण भएकोमा खुसी हुन्छौं, तर हामी अर्को पाटोबारे सोच्दैनौंः कि प्रविधि हत्या गर्न सक्ने उपकरण बन्न सक्छ, यसले हामीलाई दास बनाउन सक्छ, र हामीलाई यसमा व्यावहारिक रूपमा नै लत लाग्न सक्छ । प्रविधि िहाम्रो जासुसी गर्न, नियन्त्रण गर्न प्रयोग हुन सक्छ । साथै यदि प्रविधिका मालिकहरूलाईहामी प्रति केही चित्त बुझेन भने, त्यस प्रविधिलाई हामीलाई नष्ट गर्न प्रयोग गर्न सक्दछ ।
लेबनानमा वितरण गरिएका यति ठूलो संख्यामा रहेका उपकरणहरू कसरी एकसाथ विस्फोट भए भन्ने विषय अझै अनुसन्धान भइरहेको छ । एउटा अनुमानले कुनै पनि विस्फोटक पदार्थ प्रयोग गरिएको थिएन— उपकरणहरूलाई टाढाबाट कुनै निश्चित सङ्केतहरूको माध्यमबाट विस्फोट गराइएको थियो ।
प्रविधिले मार्छ । यो एक अत्यन्त महत्वपूर्ण बुँदा हो । हामी अनियन्त्रित रूपमा डिजिटलाइजेसनमा प्रवेश गर्छौं, कृत्रिम बुद्धिमत्तामा निश्चिन्त भएर विश्वास गर्छौं । जबकि सामान्य इलेक्ट्रोनिक उपकरणहरू पनि हत्या गर्ने साधन बन्न सक्छन् । यसप्रति हामी पूर्ण रूपमा निरिह छौं । यदि अझैसम्म पनि हामीले साधारण प्रविधिको अँध्यारो पक्षसँग सामना गरेका छैनौं भने, हामीले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को बारेमा के भन्न सक्छौं ? जसलाई हामी निसंकोचरूपमा हाम्रो जीवनमा समावेश गर्दैछौं । जब कसैले प्रविधिको अँध्यारो वा भित्री गुदि पक्षको बारेमा चर्चा गर्छ, कसैले सुन्दैन । तर अब, यो अँध्यारो पक्षले आफूलाई प्रकट गरिसकेको छ । साथै यो त केवल सुरूवात हो । प्रविधि जति अगाडि बढ्दै जान्छ— कृत्रिम बुद्धिमत्ता र न्यूरल नेटवर्कहरू समेत, यसले मानवजातिमा उत्पन्न गर्ने खतराहरू र धम्कीहरू त्यति नै धेरै हुन्छन् ।
अन्त्यमा, तेस्रो बुँदा पनि प्राविधिक हो । दुश्मनका ड्रोनहरूले आक्रमण गरेपछि र तोरोपेट्सको सैनिक गोदाममा विस्फोट भएकोपछि, धेरै टेलिग्राम च्यानलहरूले यस गोदामको गूगल म्याप प्रकाशित गरे, जहाँ यसको सबै समन्वयहरू स्पष्ट रूपमा देख्न सकिन्थ्यो । यो गोप्य जानकारी होइन; यो त गूगलको नक्शा मात्र हो ।
हामीले आफैं गूगललाई भित्र आउन दिएर सोचेका थियौं, “उनीहरूले हामीलाई नक्सामा देखून्, ताकि हिप्स्टरहरू नजिकैको आरामदायी क्याफे सजिलै भेटून् ।“ र गूगलले हाम्रा सबै सैन्य स्थानहरू ट्र्याक गरेर कीभका आतंककारीहरूलाई सुम्पियो । हामीले आफैंले हाम्रो खोज इन्जिन यान्डेक्स बनाउन पनि नोसिक र भोलोज नामका यहुदीहरूसमक्ष सुम्पियौं । पछिल्लो व्यक्ति, ठूलो संख्यामा आईटी विशेषज्ञहरूसँगै, महत्वपूर्ण समयमा रूसबाट भागे र सम्भवतः हाम्रो प्रणालीका कुञ्जीहरू र कोडहरू हाम्रा दुश्मनहरूलाई सुम्पिए । अर्को शब्दमा भन्नुपर्दा, हामीले स्याललाई कुखुराको खोरभित्र छिर्न दिइरहेका छौं, ट्रोजन घोडालाई हाम्रो शहरमा अनुमति दिइरहेका छौं । के हामीले इलियडबाट केही सिकेका छैनौं ? जसरी भनिएको छ, उपहार ल्याउने ग्रीकहरूबाट सावधान रहो ।
प्रत्येक रूसी स्कूली विद्यार्थीले कुनै समय यो सूत्र जान्दथ्यो । अहिले, हामीमध्ये धेरैलाई होमर को हुन् वा ट्रोजन घोडा — त्यो ‘ग्रीक उपहार’ — वास्तवमा के थियो भन्ने कुरा पनि थाहा छैन । अब, ट्रोजन घोडा, यो ग्रीक उपहारको खतरा सामना गर्दा, हामी पूर्ण रूपमा असहाय छौं किनभने हामीले हाम्रो सबैभन्दा आधारभूत सांस्कृतिक चेतनाहरू गुमाएका छौंः बाहिरबाट आउनेहरूप्रति शंका गर्नु । आदिवासीहरू जस्तै, जङ्गलीहरू जस्तै, जब तिनीहरूले हामीलाई नयाँ प्राविधिक उपकरणहरू ल्याउँछन्, हामी चकित हुँदै हेरिरहेका हुन्छौं, यसबारे विचार नगर्नु वा ध्यान नदिनु  यो हाम्रो समाजको पतनको सङ्केत हो ।
सौभाग्यले ती पेजर, रेडियो, र फोनहरू लेबनानमा विस्फोटित भए तर रूसमा भयनन । तर, यो वर्तमानको लागि मात्र हो, भोलिको लागि होइन । हामी प्रविधिहरूको नक्कल र समायोजनमा गर्व गर्न जारी छौं, पूर्ण रूपमा यी उच्च–प्रविधि उपकरणहरूको आपूर्तिकर्ताहरूमा निर्भर गर्दै, जुन हामी आफैं उत्पादन गर्न सक्दैनौं । जसको परिणाम हामीलाई थाहा छैन, कि यी उपकरणहरूमा के छ?  वा तिनीहरूको निर्माण प्रक्रिया (घटकहरू) के के हुन् ?
लेबनानमा भएको घटनाले “अन्तिम चेतावनी“ दिएको छ । डिजिटलाइजेसनका समर्थकहरूले हाम्रो नेताहरूको मनमा चम्किला, आशावादी प्रस्तुतीकरणहरूसँग हिप्नोटाइज गरेर, यो सबै प्रविधिगत प्रगतिको कुरा हो भनेर गैर–जिम्मेवार दावी गर्ने नाइभ आशावादलाई रोक्न आवश्यक छ । लेबनान घटनापछि, सबैलाई अत्यन्त सावधानीका साथ ग्रहण गर्नुपर्छ र कुनै पनि प्रविधिक नवाचारहरूलाई मात्र गहिरो सुरक्षा समीक्षापछि स्वीकृति दिनुपर्छ, हाम्रो रूसी संप्रभुताको सन्दर्भमा समेत ।
सारः अलेक्जेन्डर डुगिनले तर्क गर्छन् कि इजरायलद्वारा निर्देशित लेबनानमा प्राविधिक विस्फोटहरू समावेश भएको सामूहिक आतंकले अनियन्त्रित डिजिटलाइजेशन र कृत्रिम बुद्धि (ब्क्ष्) को खतरालाई उजागर गर्दछन्, उनी चेतावनी दिँदै भन्छन्; रूसले पनि यस्तै खतराहरूको सामना गर्नु पर्ने हुन सक्छ । किनकि प्रविधिले मानवतामा बढ्दो तवरले जोखिम निम्त्याउँछ ।