Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दशैंअघि दशा लाग्यो, राष्ट्रिय शोक घोषणा गर

१४ सोमबार , आश्विन २०८११८ दिन अगाडि

दशैंअघि दशा लाग्यो, 
राष्ट्रिय शोक घोषणा गर

१४ असोज, काठमाडौं। असोज ४ गते राष्ट्रसंघीय महासभामा भाग लिन गएका प्रम केपी ओली १० दिनपछि स्वदेश फर्किएका छन् । उनी फर्कदा मानौं ठूलै युद्ध जितेर आएजस्तो हात हल्लाउँदै आए । मुखले देशमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् । राजधानीमा यति ठूलो डुबान हुन्छ भनेर कल्पनामा थिएन भने । देशभरिको बिपतका बारेमा चिन्ता देखाएनन् । अमेरिकाबाटै सामाजिक सञ्जालमा दुःख लागेको बताए तर भ्रमण छोट्याएर फर्कन तैयार भएनन् ।
प्रधानमन्त्री फर्कदा एयरपोर्टलाई आधाघण्टा लक गरिएको थियो ।
एयरपोर्टबाट फर्कदा कर्मचारीले तैयार गरेको विपद्का मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मृतकका, बेपत्ता परिवार र अंगभंग भएकाका लागि राहत बितरणको निर्णय लिइने पनि बताएका छन् । प्रम ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धार कार्य जारी रहेको भन्दै धैर्य गर्न आग्रह पनि गरेका छन् ।
यस्तो शोकको घडीमा आफ्नो १० दिने भ्रमणको उपलब्धि भट्याउन पछि परेनन् । २२ जनाको टिम बोकेर गएका प्रमको खर्च पचासों करोड भएको पनि उल्लेख गरेनन् ।
यो सरकार र प्रधानमन्त्रीको संवेदनहीनताको देशैभरि आलोचना भइरहेको छ ।
यसपालीको दशैंमा उत्सव नगर्ने र शोक मनाएर पुनर्निर्माणमा जुट्ने निर्णय गर्नुपर्ने माँग जनताको छ ।