Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

माओवादीको एसिया प्रदेश संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

१४ सोमबार , आश्विन २०८११८ दिन अगाडि

माओवादीको एसिया प्रदेश संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग

नेकपा (माओवादी केन्द्र) एसिया प्रदेश संगठन समितिले बाढीपीडितलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार पार्टीको केन्द्रिय कार्यालयमा समितिका इञ्चार्ज पम्फा भुसाल र सहइञ्चार्ज ओम शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

चेक अध्यक्षलाई हस्तान्तरण गर्ने कार्यक्रममा प्रवास समन्वय समितिको कार्यालयका मुख्य सचिव टिबी पाठकको समेत उपस्थिति थियो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितका लागि सहयोगका गरेकोमा एसिया संगठन समितिलाई धन्यवाद दिएका थिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष प्रचण्डले विपदको बेला प्रवासको पार्टी कमिटीले गरेको योगदानको प्रशंसा गर्दै बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिएका थिए ।

अध्यक्ष प्रचण्डले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । असोज १० गते बिहीबारदेखि परेको अविरल वर्षासँगैको बाढी पहिरोमा परि हालसम्म १९२ जनाको मृत्यु भइसकेको छ ।