Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु

१४ सोमबार , आश्विन २०८११८ दिन अगाडि

विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु

देशभर परेको अविरल वर्षासंगै आएको बाढी पहिरोमा भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक सुरु भएको हो ।

बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य मन्त्री पनि सहभागी रहेका छन् भने सबैजसो मन्त्रालयका सचिवहरू पनि सहभागी रहेको बताईएको छ ।

आज बसेको बैठकले बाढी पहिरोमा परेका मृतकका परिवारलाई राहत, घाइतेको उपचार, घर क्षति भएकालाई घर बनाउनका लागि रकम वितरण बाटोघाटो, पुल, पुलेसा पुनर्निर्माण लगायतका निर्णय गर्ने तयारी रहेको बुझिएको छ ।

असोज ११ र १२ गते दुई दिनको अवधिमा बाढी पहिरोका कारण बागमती, कोशी, काठमाडौं उपत्यका र मधेश प्रदेश लगायत देश भरिमा १९२ जनाको मृत्यु भएको छ ।