Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नागढुंगा–मुग्लिन सडक एकतर्फी सञ्चालन

१४ सोमबार , आश्विन २०८११८ दिन अगाडि

नागढुंगा–मुग्लिन सडक एकतर्फी सञ्चालन

अविरल वर्षापछि पहिरो खसेर अवरुद्ध बनेको नागढुंगा–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । आइतबार साँझ पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

नागढुंगा–मुग्लिङ सडक योजना कार्यालयका प्रमुख केशवप्रसाद ओझाका अनुसार बीच सडकमा रोकिएका सवारीसाधनलाई काठमाडौं आउन दिइएको छ । मुग्लिनबाट काठमाडौंका लागि छुटेका सवारीसाधनहरूलाई मात्र एकतर्फी रूपमा काठमाडौं आउन दिइएको हो ।

सडक विभाग र चन्द्रागिरि नगरपालिकाको समन्वयमा बीच सडकमा रोकिएका यात्रुलाई शनिबार र आइतबार नागढुंगा–सिस्नेखोला सुरुङमार्गबाट काठमाडौं ल्याइएको थियो । त्यस्तै कुखुरा, दूध बोकेका सवारीसाधनलाई पनि सुरुङमार्गबाट काठमाडौं ल्याइएको थियो । पहिरोको जोखिमले गर्दा गृह मन्त्रालयले अन्य सवारीसाधन राति सञ्चालनमा भने रोक लगाएको छ ।

त्यसैगरी पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । वर्षासँगै आएको पहिरोमा आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।