Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काभ्रे र धादिङको सिडिओ फेरीए

१४ सोमबार , आश्विन २०८११८ दिन अगाडि

काभ्रे र धादिङको सिडिओ फेरीए

काभ्रेपलाञ्चोक र धादिङ जिल्लाका सिडिओ फेरिएका छन् । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको हो ।

मन्त्रालयले काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाई र धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेको हो । उनीहरुलाई गृह मन्त्रालयमा झिकाएर सेडाईको स्थानमा मन्त्रालयका उमेश ढकाल र पाण्डेको स्थानमा मन्त्रालयका सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा पठाइएको छ ।  

मन्त्रालयले ढकाल र घिमिरे दुवै जनालाई जतिसक्दो चाँडो जिम्मेवारी सम्हाल्ने गरी सम्बन्धित जिल्लामा जान निर्देशन दिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन् । मन्त्रालयमा झिकाएका सेडाई र पाण्डे दुवै प्रजिअमाथि विपद् व्यवस्थापनमा तत्परता नदेखाएको गुनासो छ ।

असोज १० गतेदेखिको अविरल वर्षा र बाढीपहिरोका बीच सवारी साधन चल्न दिँदा पृथ्वी राजमार्गअन्तर्गको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो भने काभ्रेमा पनि बाढीपहिरोले धेरै जनधनको क्षति भएको छ ।