Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाढीपहिरोमा परि १९२ जनाको मृत्यु

१४ सोमबार , आश्विन २०८११९ दिन अगाडि

बाढीपहिरोमा परि १९२ जनाको मृत्यु

असोज १० गतेदेखि परेको अविरल वर्षा आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ जनाको मृत्यु भएको छ । देशको बिभिन्न भागमा आएको बाढीपहिरोमा परि उनीहरुको ज्यान गएको छ भने उक्त प्राकृतिक विपद्मा परि अझै ३० जना बेपत्ता भएका छन् ।    

अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा जस्ता प्राकृतिक विपद्मा १ सय ९४ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब ४ हजार ५ सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको बताईएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको र घाइतेको निःशुल्क उपचार भइरहेको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको तथा यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको समेत प्रवक्ता तिवारीको भनाई रेहेको छ ।