Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गोरखाबाट काठमाडौँका लागि छुटेको बस झ्याप्ले खोलामा भेटियो

१३ आइतबार , आश्विन २०८११९ दिन अगाडि

गोरखाबाट काठमाडौँका लागि छुटेको बस झ्याप्ले खोलामा भेटियो

गोरखाबाट काठमाडौँका लागि छुटेको बस धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा भेटिएको छ । गोरखाको लापुबेंसीबाट शुक्रवार बिहान ७ बजे काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा भेटिएको हो ।  

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बस झ्याप्ले खोलाको पहिरोभित्र भेटिएको बतईएको छ । शुक्रवार बिहान काठमाडौँका लागि छुटेको बस तीन दिनदेखि सम्पर्कविहीन भएकोमा आज पहिरोमा बस चालकको परिचयपत्र र बस नम्बर भेटिएको बताईएको छ ।

उक्त बसमा बस धनी तथा चालक भीमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । बसमा धार्चेका एक जना यात्रु सुक गुरुङ रहेको र अन्य यात्रु बिचबाट चढे नचढेको यकिन हुन नसकेको र बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।