Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देशभरका २० वटा राजमार्ग अवरुद्ध

१३ आइतबार , आश्विन २०८११९ दिन अगाडि

देशभरका २० वटा राजमार्ग अवरुद्ध

अस्तिदेखिको निरन्तर वर्षा र बढी पहिरोका कारण देशभरका २० वटा राजमार्ग अवरुद्ध छन् । बाढी पहिरोका कारण राजधानी काठमाडौँलाई जोड्ने राजमार्ग सहित २० वटा राजमार्ग अवरुद्ध भएका हुन् ।  

बाढी पहिरोका कारण काठमाडौँलाई जोड्ने राजमार्ग तथा मुख्य सडक अवरुद्ध छन् भने २० राजमार्गको ६० ठाउँमा सडक अवरुद्ध भएको सडक विभागले जानकारी दिएको छ । यसैगरी बाढी पहिरा ६ वटा पुलमा क्षति पुगेको र बाढी पहिराले चार वटा पक्की पुल र दुई वटा बेली ब्रिज बगाएको छ भने बिपी राजमार्गमा एक हजार चार सय मिटर जति सडक नै बगेको बताईएको छ ।

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग, अरनिको राजमार्गलगायतका विभिन्न जिल्लासँग जोड्ने सडक पनि अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा राजधानीसँग जिल्लाको आवतजावत टुटेको छ भने ३ सय ८० ठाउँमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्न सक्ने अवस्था रहेको विभागको भनाई रहेको छ ।

पुल नै बगाएको ठाउँमा यातायात सूचारु गर्न तत्काल सम्भव नभएको तर, पहिरो गएको स्थानमा पहिरो पन्छाउने र यातायात सूचारु गर्ने प्रयास भइरहेको विभागले जनाएको छ । विभागका अनुसार मुग्लिङ–काठमाडौँ सडक खण्डमा पर्ने झ्याप्ले खोलामा गएको पहिरो पन्छाएर बेलुकासम्म सडक खुल्न सक्ने सम्भावना रहेको छ ।

विभागकाअनुसार नागढुंगा–मुग्लिङ, नारायणगढ–मुग्लिङ, मुग्लिङ–पोखरा, बेनी–जोमसाेम, बिपी राजमार्गको काभ्रे र सिन्धुली खण्ड, अरनिको राजमार्गको सिन्धुपाल्चोक खण्ड, पुष्पलाल राजमार्गको सिन्धुली, खोटाङ र ओखलढुंगा खण्ड बढी प्रभावित रहेको बताईएको छ ।