Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध

१३ आइतबार , आश्विन २०८११९ दिन अगाडि

 इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध

निरन्तरको अविरल वर्षासंगैको पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति पुर्‍याएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

वर्षासंगैको पहिरोले काबेली करिडोर १ सय ३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढलेको ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा अवरुद्ध भएको हो । उक्त पूर्वी पहाडका जिल्लाहरुमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमबाट बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ ।

काबेली करिडोर १ सय ३२ केभी प्रसारण लाइन निर्माण भएपछि पूर्वी पहाडमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा उक्त क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो ।