Advertisement Banner
Advertisement Banner

०३ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पूर्वराजाद्धारा उद्धार र राहतको व्यवस्था मिलाउन माग

१३ आइतबार , आश्विन २०८१२० दिन अगाडि

पूर्वराजाद्धारा उद्धार र राहतको व्यवस्था मिलाउन माग

बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन सरकार समक्ष माग गरेका छन् । पूर्वराजा शाहले देशभर भएको भारी वर्षा र त्यसको क्षति प्रति एक सन्देश जारी गर्दै दुःख व्यक्त गरेका हुन् ।

उनले पूर्वतयारी हुन नसक्दा बढी क्षति भोग्नुपरेको उल्लेख गर्दै पीडितको उद्धार र राहतको व्यवस्था मिलाउन सरकार समक्ष माग गरेका हुन् । पूर्वराजा शाहले सन्देशमा 'हाम्रो जस्तो पर्वतीय मुलुकमा बाढी, डुवान र भू-क्षयको जोखिम हरेक वर्ष हुने प्रकृया हो । त्यसैले रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्नेछ’ उल्लेख गरेका छन् ।  

त्यसैगरी पूर्वराजा शाहले कृति, परिवेश र प्रवृत्तिअनुरुप विकास प्रक्रिया अघि बढाउनुपर्ने सुझाव समेत दिएका छन् । उनले दशैँ,तिहारजस्ता महत्त्वपूर्ण पर्वहरु निकट आइरहेको बेला आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरु अवरुद्ध हुनु र त्यसबाट जनजीवनमा असुविधा पुग्नुमा आफ्नो गम्भीर चासो रहेको पनि उल्लेख गरेका छन् ।